देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्किट ब्रेकपछि पुनः खुल्यो शेयर बजार

देशान्तर

काठमाडौँ — सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

आइतबार एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द भएको थियो ।

सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७।३१ अंकले घटिसकेको थियो । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन्