देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप छनौटमा ब्राजिलको लगातार सातौ जित

देशान्तर

काठमाडौँ –  विश्वकप छनौट अन्तर्गत ब्राजिलले चिलीमाथि जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले चिलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा खेलको ६४औ मिनेटमा एभर्टन रिबेरियोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौटमा लगातार सातौ जित हासिल गरेको छ । ब्राजिलले ७ खेलमा २१ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै चिलीको भने यो तेस्रो हार हो ।  चिलीले अहिलेसम्म ७ खेलमा एक जित ३ बराबरी र ३ हार बेहोर्दै ६ अंक हासिल गरेको छ । ब्राजिलले अब छनौटको अर्को खेल सेप्टेम्बर ६ मा अर्जेन्टिनाविरुद्ध खेल्दै छ ।