देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप छनौट: पोर्चुगल विजयी, फ्रान्स बराबरीमा रोकियो

देशान्तर

काठमाडौँ – युरोपको विश्वकप छनौट अन्तर्गत पोर्चुगल विजयी भएको छ भने फ्रान्स बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने आयरल्याण्डका लागि जोन एगानले एक गोल गरेका थिए ।

रोनाल्डोले खेलको अन्तिम समयमा दुई गोल गरेका थिए । यो सँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले इरानका अली दाइँको १०९ गोलको किर्तिमान तोडेर यो रेकर्ड बनाएका हुन् । यस खेलमा रोनाल्डोले खेलको १५औ मिनेटमा पेनाल्टी मिस गरेका थिए ।

त्यस्तै अर्को खेलमा फ्रान्स बोसनिया एण्ड हर्जेगोभिनासँग १-१ गोलको बराबरीमा रोकिएको छ । बोसनियाका लागि एडिन डिजेकोले शुरुवाती गोल गरेका थिए भने फ्रान्सका लागि एन्टोनी ग्रीजम्यानले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ५१औ मिनेटमा जुलेज कुण्डेले रातो कार्ड पाएर मैदान छोडेपछि फ्रान्स १० खेलाडीमा सिमित भएको थियो ।

युरोपको विश्वकप छनौटको समुह ए मा ४ खेलपछि पोर्चुगलको १० अंक भएको छ भने समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै आयरल्याण्डले भने अहिलेसम्म खेलेका तिनै खेलमा हर बेहोरेको छ । त्यस्तै समुह डी मा रहेको फ्रान्सको ४ खेलमा ८ अंक भएको छ भने बोसनियाको ३ खेलमा २ अंक भएको छ ।