देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा सिमित दर्शकलाई खेल हेर्ने अनुमति

देशान्तर

काठमाडौं – नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलमा सिमित दर्शकलाई खेल हेर्ने अनुमति दिइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)  का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत विहिबार र आइतबार हुने नेपाल र भारतबीचको खेल हेर्न सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए ।

खेल हेर्नका लागि पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्णरूपमा भ्याक्सिन लगाएको हुनु पर्ने एन्फाले जानकारी दिएको छ ।

एन्फाले दर्शकका लागि ५ हजार १ सय टिकट बिक्री गर्ने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुपर्ने जनाएको छ ।

नेपाल र भारतबीच सन् २०१५ को विश्व कप छनोट पछि पहिलो पटक दशरथ रंगशालामा खेल हुदै छ ।