देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी, लिभरपुलले बराबरी खेल्याे

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा १० जनामा समेटिएको चेल्सीले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती लिभरपुलको मैदानमा भएको खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिए ।
पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्सले डि बक्सभित्र ह्याण्ड गरेपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यही अवसरमा पाएको पेनाल्टीलाई मोहोमद सालाहले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ५–० ले पराजित ग¥यो । एकतर्फी खेलमा सिटीलाई विजयी गराउन फेरान टोरेसले दुई गोल गर्दा इके गुन्डोगान, रोड्री र ग्याब्रियल जिससले एक एक गोल गरे ।
प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले ब्राइटनलाई २–० ले हराउँदा लेष्टर सिटीले नरिच सिटीमाथि २–१ को जित निकाल्यो । यसैगरि न्युकासल युनाईटेड र साउथह्याम्प्टन तथा वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेसले २–२ गोलको बराबरी खेले ।