देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

देशान्तर

काठमाण्डौ – सुनको भाउ फेरि बढ्न थालेको छ । तोलामा आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिनअघि लगातारजसो घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।