देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीमा एक हप्तामा कानुन उल्लङ्घन गर्ने १६ हजार आप्रवासी पक्राउ

देशान्तर

काठमाण्डौ – साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

आवासीय कानुन उल्लंघन गरेका पाँच हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जनालाई पक्राउ गरेको हो ।

अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ न्युजले जनाएको छ । जसमध्ये ६५ हजार बढी पुरुष र १३ हजार बढी महिला रहेका छन् ।

यस्तै ५८ हजार तीन सय उल्लङ्घनकर्तालाई कूटनीतिक प्रक्रियामार्फत स्वदेश फिर्तीको लागि पहल भइरहेको र आठ हजार एक सय २८ जनालाई देश निकाला गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाइएको छ । त्यहाँको नियमअनुसार यस्तो अपराधमा संलग्न हुनेलाई १५ वर्ष जेल सजाय र दश लाख साउदी रियाल बराबरको जरिबाना तोकिएको छ ।