देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्रालयमा ७ अर्ब बेरुजु

देशान्तर

काठमाडौं – महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा झन्डै ७ अर्ब रुपैयाँ बेरुजु देखाएको छ । प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो।

राष्ट्रपतिलाई शुक्रबार बुझाइएको उक्त प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १२ निकायमा १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु छ। जसमध्ये १ अर्ब २ करोड म्याद नाघेको पेस्की छ।

संगठित, अन्य संस्था र समितितर्फ २६ कार्यालयमा ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु छ। जसमध्ये ७२ करोड ५६ लाख १ हजार रुपैयाँ म्याद नाघेको पेस्की छ।