देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदै

देशान्तर

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोका राति पौने ९ बजे खेल्दैछन् । त्यस्तै ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियल खेल सवा ११ बजे हुनेछ ।

गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको मैदानमा खेलको ११ औं मिनेटमा कार्डिजका अल्भारो सान्सेजले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । तर रियल बेटिसका जुआन लोपेजले २२ औं मिनेटमा बराबरी गोल फर्काए । खेल एकरएक गोलको बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।