देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रेन्च लिग वान : पीएसजीको लगातार तेस्रो जित

देशान्तर

काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीलाई जित दिलाउन एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले एक एक गोल गरे ।ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले एक एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । ब्रेस्टले ३ खेलमा २ अंक जोडेको छ । पहिलो हार व्यहोरेको ब्रिस्ट १२ औं स्थानमा रहेको छ ।