देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

देशान्तर

काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ ।

दिनभर भएका १ लाख ८८ हजार १७ कारोबारबाट २२९क म्पनीक ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।