देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकाेणात्मक सिरिजका लागि नेपाली टिम मंगलबार ओमान जाने

देशान्तर

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाने भएको छ ।

ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् ।

यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो लगाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखला अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पि.एन.जी) सँग दुई वटा उक दिवसिय खेल खेल्नेछ ।

ओमानमा नेपाली टोलीको २४ घण्टाभित्र एक पिसिआर परिक्षण हुने छ । खेलाडीको रिपोर्ट नेगेटिभ आएमा क्वारेनटाइन बस्नु पर्ने छैन ।

नेपाली टोलीले साउन तेस्रो सातादेखि बन्द प्रशिक्षण गरिरहेको छ । क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा पूर्व कप्तान पारस खड्का सन्न्यासको कारण सहभागि भएनन् ।