देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ फुटबलको खेल तालिका सार्वजनिक

देशान्तर

काठमाडौं – आगामी अक्टोबरमा माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ। नेपालले उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सको सामना गर्ने छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अक्टोबर १ देखि १३ सम्म हुने प्रतियोगिताको तालिका बुधबार सार्वजनिक गरेको हो। पाँच राष्ट्र सहभागी साफमा यस पटक भुटानले कोरोना महामारीको कारण देखाएर सहभागी नहुने भएको छ भने पाकिस्तान प्रतिबन्धका कारण खेल्न पाउने छैन।

आयोजक माल्दिभ्ससँग नेपालले १ अक्टोबरमा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा प्रतिस्पर्धा गर्ने छ। ३ अक्टोबरमा हुने दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। तेस्रो खेलमा नेपालले ८ अक्टोबरमा भारतको सामना गर्ने छ।

नेपालले लिग चरणको अन्तिम खेल ११ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ। लिग चरणको शीर्ष स्थानमा रहने दुई टोलीबीच उपाधीका लागि १३ अक्टोबरमा फाइनल खेल हुने छ।