देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो टेस्टमा भारत विजयी

देशान्तर


भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डलाई पराजित गरेको छ ।
लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
पहिलो पारीमा २७ रनले पछि परेको भारतले २९८ रन बनाउँदै दोस्रो पारी अन्त्यको घोषणा गरेको थियो । दुई सय ७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्ड १२० रनमा अलआउट भयो । उसका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए ।
भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।
दोस्रो पारीमा भारतका अजिन्का रहानेले ६१ तथा मोहमद शामीले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा मोइन अली र ओली रोबिनसनले दुई दुई विकेट लिए ।
पहिलो पारीमा इङ्ग्ल्यान्डले ३९१ रन बनाएको थियो । उसका जोय रुटले शतक प्रहार गरेका थिए । पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो ।