देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आमरण अनसन फिर्ता लिन भूपू गोर्खा सैनिकलाई सरकारको आग्रह

देशान्तर

काठमाडौं – सरकारले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूपू गोर्खाको माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गोर्खाहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको बताए।

भूपू गोर्खाहरुले समान पेन्सनलगायतका माग राखी गत बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले आमरण अनसन बसेका छन्। विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागबारे अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नु परेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताएका छन्।