देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इङ्ग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले आर्सनललाई २-० ले हरायो

देशान्तर

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २-० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २-० गोल अन्तरले हराएको हो ।

ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् । एलेक्सान्डर लाकाजेटी र पिएर-एमरिकबिना मैदानमा रहेको आर्सनल कमजोर देखिएको थियो ।

घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रङ्गशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो ।