देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

देशान्तर

काठमाडौँ – युइएफए सुपर कपको उपाधि चेल्सीले जितेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा भिल्ला रियललाई ६-५ गोल अन्तरले पराजित गरेको हो । च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच हुने युइएफए सुपरकपमा निर्धारित ९० मिनेटमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो ।

यसअघि ९० मिनेटको खेलमा चेल्सीका हाकिम जियचले खेलको २७औ मिनेटमा गोल गरेका थिए भने भिल्ला रियलका जेरार्ड मोरेनोले खेलको ७३औ मिनेटमा बराबरी गोल गरेका थिए । अतिरिक्त समयमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

चेल्सीले युइएफए सुपरकपको उपाधि दोस्रो पटक जितेको हो । यसअघि चेल्सीले १९९८ मा यो उपाधि जितेको थियो । युइएफए सुपरकपको उपाधि सबै भन्दा धेरै बार्सिलोना र एसी मिलानले ५-५ पटक जितेका छन् । त्यस्तै रियल म्याड्रिड र लिभरपुलले ४-४ पटक जितेका छन् ।