देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरिज गुमाएकाे अस्ट्रेलियाकाे टी २० मा लज्जास्पद हार

देशान्तर

पाँचौ तथा अन्तिम टी २० क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया बंगलादेशसँग लज्जास्पद हार व्यहोर्न बाध्य भएको छ ।

गएराति भएको खेलमा अस्ट्रेलिया ६० रनले पराजित भयो । समग्रमा पाँच खेलका सिरिजमा अस्ट्रेलिया १–४ ले सिरिज गुमाउन पनि पुग्यो ।

घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो ।

जितको लागि १२३ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ दशमलव ४ ओभरमा ६२ रनमा समेटिएको थियो ।

टी–ट्वान्टीमा अस्ट्रेलियाको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर पनि हो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ तथा बेन म्याकडेरमोटले १७ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बङ्गलादेशका शाकिव अल हसनले ४ विकेट लिए । उनी टी–ट्वान्टीमा एक सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।

ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

बङ्गलादेशका मोहम्मद नइमले सर्वाधिक २३ रन बनाएका थिए ।

अस्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियनले दुई दुई विकेट लिए । एस्टन टर्नर, एस्टन अगर र एडम जाम्पाले एक एक विकेट लिए ।