देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु, एक बेपत्ता

देशान्तर

काठमाडाैं । कैलालीको कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा स्थानीय धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार अर्की एक ६ वर्षीया अनु सिंह बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।