देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

देशान्तर

काठमाडौं –उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राखिएको केही भिडियोमा पुललाई पहिरोले भत्काउनुभन्दा पहिला नै आसपासमा पार्क गरेर राखिएको गाडीलाई ढुङ्गाले लागेको देखिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मोदीले दुर्घटनामा ज्यान गुमाउनेलाई आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।

हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मृत्यु हुने आन्तरिक पर्यटकहरुमा केही राजधानी सहर दिल्लीका बासिन्दा रहेको समाचारमा उल्लेख छ ।

अहिलेसम्म के कारणले ढुङ्गा खसेको हो भन्ने स्पष्ट भइसकेको छैन । तर, भारी वषर भएकाले पहिरोकै कारण ढुङ्गा खसेको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो केही दिनयता भारतमा बाढी पहिरोको प्रकोप बढ्दो क्रममा देखिएको छ । भारतको महाराष्ट्रमा पनि भारी वषरपछिको बाढी तथा पहिरोमा परी १३६ जनाको मृत्यु भएको छ ।