देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगान सेनालाई सहयोग जारी रहन्छ : अमेरिका

देशान्तर

अमेरिकाले तालिवानीविरुद्धको कारवाहीका लागि अफगानी सेनालाई सहयोग जारी राख्ने जनाएको छ ।

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानीहरुले सशस्त्र गतिविधि तीव्र पारेपछि अमेरिकी सेनाले तालिवानीविरुद्ध हवाइ आक्रमण जारी राख्ने जनाएको हो ।

तर यो हवाई हमला अमेरिकी सेना फिर्ता भएपछि सकिन्छ वा जारी रहन्छ भन्नेमा केही खुलाईएको छैन ।

अफ्गानिस्तनका महत्वपूर्ण वैदेशिक सिमा नाका एवं सामरिक केन्द्रहरु तालिवानको नियन्त्रणमा जान थालेपछि अमेरिकाले हवाई हमला जारी राख्ने जनाएको हो ।