देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर छलीकाे आराेपमा भारतीय सञ्चार माध्यममा छापा

देशान्तर

कोरोना महामारीमा सरकारका गतिविधिको कडा आलोचना गरेपछि भारतका दुई वटा सञ्चारमध्यममा सरकारी अधिकारीहरुले छापा मारेका छन् । भारतीय सरकारी अधिकारीहरुले भारत समाचार र दैनिक भास्करमा छापा मारेको बीबीसीले जनाएको छ । दैनिक भास्कर भारतमा हिन्दी संस्करणमा प्रकाशित हुने सबैभन्दा ठूलो अखबारमध्येको एक हो ।

सरकारी अधिकारीहरुले भने दुवै सञ्चार माध्यमले कर छली गरेकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको दावी गरेका छन् । ती सञ्चारमाध्यमहरुमा कार्यरत केही कर्मचारीका घरमा पनि छापा मारिएको बताइएको छ । सुरक्षाकर्मीले अधिकांश सञ्चारकर्मी र कर्मचारीका मोबाइल फोन पनि अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका छन् ।

तर विभिन्न दलका नेता, सांसद र अधिकारकर्मीहरुले भने सरकारले प्रेस स्वतन्त्रता विरोधी गतिविधि गरेको आरोप लगाएका छन् । उनीहरुले सरकारले आफ्ना आलोचक दवाउन ती सञ्चारमाध्यममाथि झुटो आरोप लगाएर छानविन गरेको दावी गरेका छन् । तर भारतका सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले भने सो प्रकरणमा सरकारको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।