देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इक्वेडरको दुई जेलमा दंगा, कम्तीमा आठ जना कैदीको मृत्यु

देशान्तर

इक्वेडरको दुई जेलमा भएका दंगामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ । दंगामा परेर अन्य २० जना घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीहरु समेत छन् ।

इक्वेडर दक्षिणपश्चिमी प्रान्त गुआसमा रहेको जेलमा भएका हिंसामा कैदी मारिएका हुन् । दंगा एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको हो ।

इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले समय समयमा झडप हुने गरेको छ । गत फेब्रुअरीमा पनि त्यहा दुई जेलमा हिंसात्मक दंगा भएका थिए ।

देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो ।