देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण अफ्रिकाको हिंसामा अहिलेसम्म २७६ को ज्यान गयो

देशान्तर

दक्षिण अफ्रिकामा जारी हिंसाका कारण २७६ जनाको मृत्यु भएको छ । पूर्व राष्ट्रपति ज्याकब जुमा जेल चलान भएसँगै पछिल्ला केही सातादेखि जारी हिंसामा परेर मृत्यु हुनेको संख्या अझै बढ्दै गएको छ ।

जुमाको रिहाइको माग गर्दै भएको प्रदर्शनहरु हिंसामा परिणाम भएसँगै सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

प्रदर्शनकारीहरुले चोरी, लुटपाट र आगजनी गर्न थालेपछि त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको हो ।

देशका विभिन्न भागमा भएका सरकार विरोधी प्रदर्शनहरु भएपनि आन्दोलनकारीले सरकारी तथा निजी सम्पति तोडफोड र लुटपाट गर्न थालेपनि सरकारले सेना परिचालन गरेको थियो ।

राष्ट्रपति कार्यालयका मन्त्री खुम्बुङजो नत्सावेनीले जुमा जेल चलान भएपछि हालसम्म मृत्यु भएकाहरुको संख्या सार्वजनिक गरेका हुन् ।

सुरक्षाकर्मीको कारवाहीमा परेर घाइते हुनेहरुको संख्या वृद्धि भइरहेको समाचारमा जनाइएको छ । आन्दोलनकारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपनि शान्ति सुरक्षाका लागि कारवाही तीव्र पारेको त्यहाँको सरकारले जनाएको छ ।