देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बग्दादमा बम विस्फोट, २५ जनाको मृत्यु

देशान्तर

इराकको राजधानी बग्दादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर दर्जनौँ घाइते भएका छन् ।

सर्वसाधारण मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहरको ब्यस्त स्थानमा विस्फोट भएको हो ।

सोमवारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि रहेका छन् । विस्फोटलाई पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक मानिएको छ । केही पसलहरूमा आगलागी समेत भएको छ ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट ‘आइएस’ समूहले लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो ।

तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

आइएसले अप्रिलमा चार जनाको मृत्यु हुने गरी कार बम हमला गरेको थियो । जनवरीमा आईएसले नै ३२ जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणको पनि जिम्मा लिएको थियो ।