देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा संसदको मनसुन सत्र सुरु, बैठक सुरु भएको ८ मिनेटमै अवरुद्ध

देशान्तर

काठमाडौँ – भारतमा संसदको मनसुन सत्र सुरु भएकै दिन विपक्षले संसद अवरुद्ध गरेको छ । सुरु भएको ८ मिनेटमै विपक्षीहरूको अवरोधका कारण संसद बैठक स्थगित गरिएको हो ।

बैठकको सुरुमा नयाँ सदस्यहरुलाई शपथ दिलाइएको थियो । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रीहरुको परिचय दिन थालेसँगै विपक्षीहरु उठेर विरोध जनाएका हुन् ।

रक्षामन्त्री राजनाथ सिंहले विपक्षीहरूको भूमिकाप्रति आपत्ति जनाए । तर बैठक कक्षमा विपक्षी दलका सांसदहरुले चर्को नाराबाजी जारी राखे ।

विपक्षीहरूको अवरोधसँगै सभामुखले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।तर केही व्यक्तिलाई दलित, किसान तथा पिछडिएका वर्ग समुदायका मानिसहरु मन्त्री भएको कुरा अपाच्य भएर उनीहरुको परिचय दिने मौकासमेत आफूलाई नदिएको उनको भनाइ थियो ।

संसद बैठक सुरु हुनुअघि उनले सदनमा शान्तिपूर्ण वातावरण बनाउन अपिल गरेका थिए । पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिए, ‘म सबै सांसदलाई आग्रह गर्दछु कि तिखो प्रश्न गर्नुस्, पटक पटक प्रश्न गर्नुस् तर शान्त वातावरणमा सरकारलाई जानकारी दिने मौका पनि दिनुहोस् ।’

सदनमा सार्थक र परिणाममुखी चर्चा भएमा जनतालाई पनि जानकारी हुने र देशको गति पनि तीव्र हुने उनले बताए ।