देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा ४० तालिवानी मारिए

देशान्तर

अफगानिस्तानको बिभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवान विद्रोही मारिएका छन् ।

अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना तालीवानी मारिएका हुन् ।

त्यसैगरी डेलारम जिल्लामा गरिएको हवाई हमलामा २० र टगब जिल्लामा ६ जना बिद्रोही मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयलका अनुसार हेलमन्द प्रान्तको दक्षिणी क्षेत्रमा रहेको गार्मसर जिल्ला र डेलाराम जिल्लामा पकड जमाइ बसेका तालीवानीविरुद्ध अफगान सेनाले कारबाही गरेको हो ।

कारवाहीमा तालिवानका डेपुटी कमान्डर पनि मारिएको अफगानिस्तानी सेनाले पुष्टी गरेको छ । घटनामा ३५ जना घाइते भएका छन् ।

हवाई हमलाले तालिवानतर्फ धेरै हातहतियार नष्ट भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए लगत्तै तालीवानी विद्रोहीले हिंसात्मक गतिविधि बढाएपछि अफगानिस्तान सेनाले पनि जवाफी कारबाही गरेको हो ।