देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदर्शन बढेपछि दक्षिण अफ्रिकाका केही सहरमा सेना परिचालन

देशान्तर

पूर्व राष्ट्रपति याकुब जुमाको रिहाइको माग गर्दै विभिन्न प्रदर्शन र हिंसाका घटना बढ्न थालेपछि दक्षिणी अफ्रिकाका विभिन्न शहरमा सेना परिचालन गरिएको छ ।

भ्रष्टचारको अभियोगमा छानविनका लागि अदालत उपस्थित हुन इन्कार गरेसँगै जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँका समर्थकहरुले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनहरु हिंसात्मक रुपमा अघि बढेको भन्दै प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको थियो । तर, स्थिति नियन्त्रण बाहिर जान थालेको भन्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।

विभिन्न लुटपाट र चोरीका घटनाहरु पनि बढ्न थालेको भन्दै सरकारले योहानिसबर्गको आर्थिक केन्द्रसहित दुई प्रान्तमा सेना परिचालन गरेको जनाएको छ ।

पछिल्लो एक सातामा सुरक्षाकर्मीको कारवाहीमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने र्दुइ सयभन्दा बढी पक्राउ परेका छन् ।

८९ वर्षिय पूर्व राष्ट्रपति जुमा सन् २०१८ अघि नौ वर्ष सत्तामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको भन्दै अदालतले छानविन थालेको हो ।