देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यूबामा कम्युनिष्ट सरकारविरुद्ध प्रदर्शन

देशान्तर

एजेन्सी – राजधानी हवाना र अन्य ठूला शहरहरूमा भएका प्रदर्शनमा हजारौं मानिसहरूले सहभागिता जनाएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

कम्युनिष्ट सरकारविरुद्ध पछिल्लो ३० यताकै ठूलो प्रदर्शन भएको र प्रदर्शनकारीहरूले स्वतन्त्रता, लोकतन्त्र एवम् कोरोना महामारीसँग लड्न आवश्यक भ्याक्सिन माग गरिरहेका खबरहरूमा उल्लेख छ। क्यूबा यतिखेर कोरोना महामारीको चपेटामा परेको छ। यही बेला सरकारविरोधी प्रदर्शन हुँदा त्यहाँ असामान्य स्थिति निम्तिएको छ।

राजधानी हवानामा सरकार समर्थकहरूले पनि जुलुस निकालेका छन्। राष्ट्रपति मिगेल डियाज–क्यानलले सरकारविरोधी प्रदर्शनमा अमेरिकाको हात रहेको आरोप लगाएका छन्। ल्याटिन अमेरिकाका लागि अमेरिकी वरिष्ठ कूटनीतिज्ञ जुली चुङले क्यूबामा लडाइँका लागि गरिएको आह्वानलाई लिएर आफूहरू चिन्तामा परेको बताएकी छिन्। साथै, उनले क्यूबामा शान्ति कायम राख्न आग्रह पनि गरेकी छिन्। अमेरिका र क्यूबाबीच परम्परागत दुस्मनी रहिआएको छ।

यतिखेर राजधानी हवानामा सुरक्षा बलको उपस्थिति निकै बढाइएको छ। त्यहाँ झडप र मानिसहरू गिरफ्तार भएको खबरहरू बाहिरिएका छन्। हवानाबाट २० माइल पर रहेको सेन एन्टेनियो डे लास शहरमा पनि विद्युत, खानेकुरा र अत्यावश्यक सामग्रीको अभाव भएपछि मानिसहरू प्रदर्शनमा उत्रिएका छन्।

राष्ट्रपति कैनलले केही प्रतिक्रियावादीहरूले असन्तोष फैलाएको आरोप लगाएका छन्।

क्यूबामा सन् १९५८ डिसेम्बर ३१ का दिन तत्कालीन बाटिस्टा सरकारलाई हराउँदै कम्युनिष्ट विद्रोहीहरूले सत्ता कब्जा गरेका थिए।