देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजा प्रसाद कोइराला फाउन्डेशनको पहलमा एनआरएनए अमेरिकाको भवन निर्माण सम्बन्धी वृहत् छलफल

देशान्तर

न्युयोर्क अमेरीका । गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड, क्वीन्स, न्युयोर्कमा एक विशेष छलफल सम्पन्न भएकाे छ । अमेरीकी मुलधारका अत्यन्त सकृय डेमोक्रेटिक पार्टीका क्वीन्स डिस्ट्रिक्टका युवा नेता डा. एन्थोनी डी एन्ड्रयुज जूनियर एवं एनआरएनए एनसीसी उपाध्यक्ष सोनाम लामा फाउन्डेशनको कार्यालयमा उपस्थित भै समसामयिक सामाजिक एवं राजनीतिक गतिविधि तथा फाउन्डेशनका कृयाकलाप, नेपाल र नेपालीजनको अवस्था एवं कोरोनाको असर र भ्याक्सिनवारे पनि वृहत छलफल गरिएको हाे ।

उनीहरूलाई कार्यालयमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीलगायतको टोलीले स्वागत गरेकाे थिए । त्यस अवसरमा गत अप्रिल र मे महिनामा डा. एन्थोनी डी एन्ड्रयुज जूनियरको पुर्ण सहयोगमा क्विन्स अस्पताल जमैकासँग सहकार्य गरी फाउन्डेशनले नेपाल डेक्स नै खडागरी प्रत्येक शनिबार नेपालीलगायत करिब २२०० जनालाई सहज ढंगले कोरोनाविरूद्द खोप लगाउने कार्य गरेकोमा उनले फाउन्डेशन परिवारलाई धन्यवाद दिए ।

फाउन्डेशनका तर्फबाट अध्यक्ष सोमनाथ घिमिरेले यस्तो जटिल परिस्थितिमा नेपालीका लागी कोटानै छुट्टयाई खोपलगाउने विशेष वातावरण सृजना गर्ने प्रमुख भुमिका निर्वाह गरेकाेमा आभार प्रकट गरे । स्मरण रहोस् नेता एन्थोनी सो अस्पतालको समुदाय संचालक समितिको अध्यक्ष र अमेरिकी कंग्रेस एंव बाईडेन प्रसासनका विदेश सम्बन्ध समितिका अध्यक्ष र क्वीन्स डेमोक्र्याटिक पार्टीका सभापति मा. ग्रेगोरी मिक्सका भाई हुन् । त्यसैगरी उनले फाउन्डेशनलगायतको विशेष अनुरोधमा विभिन्न समाजसेवी एवं सिनेटर तथा सिनेटका अध्यक्षता गर्ने नेता चक सुमर तथा अमेरिकी सरकार समेतलाई ध्यानाकर्षण गराई हालै नेपालमा १५ लाख जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउन पाएकोमा प्रशन्नता व्यक्त गरे ।  आगामी दिनहरूमा थप सहयोग गर्न लागीपर्ने प्रतीवद्दता जाहेर समेत गरे ।

यसैगरी एनआरएन आईसीसीका उपाध्यक्ष सोनाम लामाले वर्तमान अवस्थामा एनआरएनको गतिविधि, विगतको समीक्षा एवं निकट भविष्यमा हुन गईरहेको आईसीसी चुनाव, नेपालकाे बाढी/पहिरोलगायत प्राकृतिक प्रकोप र त्यस्को असर एवं यदी न्युयोर्कको क्वीन्समा एनआरएनए अमेरिकाको भवन निर्माण हुनेछ भने यस विषयमा स्थानिय सरकारको सहयोगको लागि पहल गरीदिने विषयमा समेत नेता एन्थोनी समक्ष अनुरोध गरे । जवाफमा नेता एन्थोनीले भने, ‘अल्पसंख्यक जनसंख्या भएका समुदायहरुलाई म र हाम्रो पार्टीले गर्न सक्ने पहल गर्न पछि नहट्ने र अरु देशको भवन निर्माण हुन्छ भने नेपालीहरुको साझा भवन निर्माण किन नहुने भन्दै न्युयोर्क राज्यका सिटी देखि स्टेट सम्म सबै निर्वाचित अधिकारीहरु सॅंग सहकार्य गर्दै समर्थन जुटाउने छु ।’

फाउन्डेशन अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले उनीहरूलाई स्वागत गर्न पाउँदा प्रशन्नता व्यक्त गर्दै फाउन्डेशन सधैं सकारात्मक सोचका साथ समाजसेवामा होमिएको र उनीहरूको साथ सहयोग र सुझाव लिई आगामी दिनहरूमा अगाडी बढ्ने विश्वास दिलाए । सो कार्यक्रम पश्चात फाउन्डेशनको विशेष अनुरोध स्विकारी नेता एन्थोनी नेपाली डिनर कार्यक्रममा समेत सहभागी भै हार्दिकता जनाए । उनले निकट भविष्यमा मौका मिलाएर नेपाल भ्रमण गरी प्रत्यक्षरूपमा त्यहाँको प्रकृती र नेपालीजनसँग साक्षात्कार गर्न आफु अत्यन्त उत्सुक रहेको धारणा समेत राखे ।