देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनद्वारा दक्षिण एसियाली गरिबी निवारण केन्द्र स्थापना

देशान्तर

काठमाडौं – बिगत एक वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसँग बिभिन्न विषयमा चरणबद्ध रुपमा सामूहिक छलफल गरेको चीनले चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ ।

तर, यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले केही पनि जानकारी दिएका छैनन् र यसलाई गुपचुप राख्न खोजिएको छ ।

सो संगठनमा पाँचै मुलुक नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सहभागी जनाएका छन् । भारत बाहेक सार्कका अन्य सदस्य मुलुकहरुसँग मिलेर चीनले गठन गरेको यो संयन्त्रलाई कूटनीतिक तहमा निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

गत अप्रिलमा पाँचै देशका विदेशमन्त्रीहरुको सामूहिक छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले सो संयन्त्र गठनको प्रस्ताव गरेका थिए । दुई महिनाको गृहकार्यपछि शुक्रबार बेइजिङस्थित पाँचै देशका राजदूतको उपस्थितिमा यसको औपचारिक घोषणा गरिएको हो । नेपालका लागि चिनियाँ राजदुत महेन्द्र बहादुर पाण्डे सो कार्यक्रममा सहभागी भएका थिए ।

सो केन्द्रको स्थापना गर्दै चीनका उपविदेशमन्त्री वु जिंघाओले गरिवी निबारण सम्बन्धी चीनले प्राप्त गरेको सफलता चीनका लागि मात्र नभएर विश्वको लागि नै महत्वपूर्ण रहेको बताए ।

उनले सो केन्द्रको उद्देश्य गरिवी निवारणमा मिलेर काम गर्नु रहेको बताए । यस सम्बन्धी भएका प्रगतीबारे चिनियाँ पक्ष बाहेक नेपाली पक्षले केही पनि जानकारी गराएको छैन । चीनले सो केन्द्रको शाखा कार्यालय पाँचै मुलुकमा स्थापना गर्न चाहेको स्रोतले जनाएको छ ।