देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हङकङ आइडीबाहकलाई उद्धार गर्न हङकङ नेपाली महासंघको आग्रह

देशान्तर

काठमाडौं – हङकङ नेपाली महासंघले नेपालमा अलपत्र बनेका हङकङ आइडी परिचयपत्र बाहकलाई उद्धार गर्न माग गरेको छ ।

हङकङ सरकारका पूर्वमन्त्री तथा सांसदलाई ज्ञापनपत्र बझाउँदै महासंघले कोरोना महामारीका कारण नेपालबाट हङकङ आउन नसकेका हङकङ आइडीबाहक नेपालीलाई हवाइ चार्टर्ड गरेर भए पनि उद्धार गर्न माग गरेको हो ।

हङकङ बस्ने नेपालीहरुको छाता संगठन महासंघका अध्यक्ष टंक रानाकाअनुसार ७० हजार नेपाली हङकङमा बसोबास गर्छन् । तीमध्ये कतिपय नेपाल पुगेका बेला कोरोना महामारीका कारण उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका छन् ।

महासंघले नेपालमा कोरोना महामारी नियन्त्रण गर्न मुश्किल भइरहेको र २ प्रतिशतले मात्र कोरोना खोप लिएकाले ऐतिहासिक सम्बन्ध भएको र असल छिमेकी भएका नाताले खोप र स्वास्थ्य सामग्री सहयोग गर्न त्यहाँको सरकारलाई आग्रह गरेको छ ।

हङकङ सरकारका पूर्वमन्त्री तथा वर्तमान सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चेङलगायत सांसदहरुले ज्ञापन पत्र बुझेपछि हङकङ आइडी लिएका नेपालीहरु कोरोनाको कारण नेपालमा अलपत्र परेको बारेमा सरकारलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष रानाले जानकारी दिए ।