देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वमा प्रत्येक मिनेटमा ११ जनाको भोकका कारण मृत्यु हुने एक प्रतिवेदनको तथ्यांक

देशान्तर

काठमाडौं – विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ ।

‘भाररसका कारण भोकमरीमा वृद्धि’ नामक अक्सफार्मद्वारा बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अभाबका कारण हुने मृत्यु दर कोभिडका कारण थपिएको र कोभिडका कारण प्रतिमिनेट सात व्यक्तिले खाद्यान्न अभाबको चरम सङ्कट व्यहोर्दै मृत्युवरण गर्नुपरेको पाइएको छ ।

मानवीय सहायताका लागि काम गर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खाद्यान्न सङ्कटको चरम असुरक्षाबीच बाँचिरहेका छन् । यो गत वर्षभन्दा करिब दुई करोड बढी हो । खाद्य सङ्कट झेलेका मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सैन्य द्वन्द्व भएका कारण खाद्य असुरक्षा भएको हो ।

अहिलेको अवस्थामा भने मानिसहरूलाई द्वन्द्वका कारणभन्दा पनि बढी खाद्य असुरक्षाको अवस्थामा वृद्धि हुनुमा कोभिड-१९ का कारण आएको आर्थिक मन्दी र बढ्दो जलवायु सङ्कटको कारण मानिसहरूलाई भोकमरीको चपेटामा धकेलिरहेको म्याक्सम्यानले बताए ।

महामारीको बावजुद पनि यो समयमा पनि विश्वव्यापी सैनिक खर्च ५१ अर्ब अमेरिकी डलरले बढेको छ जसका कारण संयुक्त राष्ट्रसंघले भोकमरीलाई रोक्नको लागि कम्तिमा छ गुणा बढी खर्च छुट्ट्याउनुपर्छ ।

उक्त प्रतिवेदनले अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलगायत देशहरूलाई द्वन्द्वको खराब अवस्थामा रहेका मुलुकका रूपमा उल्लेख गरेको छ । यहाँ द्वन्द्वमा परेकासहित अन्य जनसङ्ख्या पनि भोकमरीको जोखिममा परिरहेको प्रतिवेदनले देखाएको छ ।

विश्वमा भोकमरीको पीडालाई युद्धको हतियारको रूपमा प्रयोग गरिइरहेको पाइन्छ । द्वन्द्वले नागरिकहरूलाई खाना र पानीबाट वञ्चित गर्दै अन्य मानवीय राहतलाई व्यवस्थापन गर्नसमेत बाधा पु¥याउन रिपोर्टमा उल्लेख भएको म्याक्सम्यानले जानकारी दिए ।

यसैबीच विश्वव्यापी तापक्रम वृद्धि र महामारीको कारण आएको आर्थिक परिणामले विश्वव्यापी खाद्यान्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । यो पछिल्लो एक दशकमा उच्च हो । उक्त बृद्धिले दशौं लाख मानिसहरूलाई भोकमरीमा धकेल्ने कामगरेको प्रतिवेदनले जनाएको छ ।