देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समय अगावै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता

देशान्तर

अमेरिकाले पूर्व निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलालाइ सक्ने स्पष्ट पारेको छ ।

राष्ट्रपति जो बाइडेनले यसअघि सेप्टेम्बर ११ अघि सेना फिर्ता हुने जनाएपनि अगस्टमै अमेरिकी सेना स्वदेश फिर्ता भइसक्ने स्पष्ट पारेका हुन ।

अफगानिस्तानका विभिन्न शहरमा तालिावानी लडाकूहरुका गतिविधि सक्रिय भएका बेला राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो ।

सन् २००१ सेप्टेम्बर ११ मा आफ्नो देशमा आतंकवादी हमला भएसँगै अमेरिकाले २० वर्ष अफगानिस्तानमा विद्रोहीसँग लडेको हो ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेना फिर्ता बोलाउने मिति तय गरेपनि बाइडेनले पूर्व निर्धारित मिति हेरफेर गरेका थिए ।

अमेरिकाले तालिवानीविरुद्धको कारवाही अन्त्य भएको घोषणा गरेपनि अफगानिस्तानमा कुटनीतिक नियोग र विमानस्थलको सुरक्षाका लागि भने पाँच सयदेखि एक हजार जना सेनार्लाइ निरन्तरतता दिने बताइएको छ ।

पछिल्लो समय भएको एक सर्वेक्षणमा अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता हुन व्यापक समर्थन आएको बताइएको छ ।

यता अमेरिकी सेनाको फिर्ता प्रक्रिया सुरु भएसँगै अफगानिस्तानमा तालिवानकिा गतिविधिहरु तीव्र भएसँगै सर्वसाधारण त्रसित भएका छन् ।

विभिन्न दुर्गम क्षेत्रमा बालबालिकाहरु विद्यालय जान सार्वर्जनिक स्थलमा सर्वसाधारणले आवागमन बन्द गरेको समाचारमा जनाइएको छ ।