देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पले दायर गरे गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा

देशान्तर

सनफ्रान्सिस्को – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरु गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । उजुरीमा उनले आफू सेन्सरसिपबाट पीडित भएको बताएका छन् । यी तीनै प्लेटफर्मले ट्रम्पलाई अहिले प्रतिबन्ध लगाएको अवस्था छ ।

 

ट्रम्पले मुद्दामा ती प्रविधि कम्पनीका सीईओहरुलाई विपक्षी बनाएका छन् । उनी समर्थित भीडले अमेरिकी संसद द क्यापिटलमा दंगा गरेपछि प्रविधि कम्पनीले ट्रम्पको खाताहरु निलम्बित गरेका थिए । ट्रम्पले मुद्दा हाल्नु आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदमु भनेका छन्।

बेडमिन्स्टरस्थित गल्फ रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र सत्तारुढ डेमोक्र्याटहरूको आलोचना गरे। ‘हामीहरू चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई राम्ररी थाहा छ’ उनले भने ।

ट्रम्पले आफ्नो मुद्दामा सेन्सरसीपलाई रोक्न माग गरेका छन् । ‘यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन्’ उनले भनेका छन्। ट्रम्पले फ्लोरिडास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका हुन् ।

बुधवार नै ट्रम्पका रिपब्लिकन सहयोगीहरूले कङ्ग्रेसमा ठूला कम्पनीमाथि कारबाही गर्न माग गर्दै नोट सार्वजनिक समेत गरेका छन् । प्रविधि कम्पनीहरुले यसबारेमा केही नबताएपनि कानूनी विज्ञहरुले भने मुद्दाबारे आलोचना गरेका छन् ।