देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्व राष्ट्रपति जुमाले गरे आत्मसर्मपण

देशान्तर

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार राति निवास नजिकै रहेको कारागारमा पुगेर उनले प्रहरीसँग आत्मसमर्पण गरेका हुन् ।

अदालतको मानहानी मुद्दाका सजाय तोकिएका उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी थियो ।

७९ वर्षीय जुमालाई अदालतको मानहानी गरेको कसुरमा गतसाता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।

२००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति रहेका जुमाले पदमा रहँदा भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको थियो ।

उक्त मुद्दामा उनले आफ्नो पक्षको प्रमाण पेश गर्न अदालतले गरेको आदेश पालना गरेका थिएनन् ।

त्यसपछि अदालतको आदेश पालना नगरेर मानहानी गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो ।