देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्व कोईरालाको ९८औं जन्मजयन्ती अमेरीकामा विशेष कार्यक्रम का साथ मनाइयो

देशान्तर

काठमाडौँ – गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय क्विन्स, वुडसाईड, न्युयोर्कमा युगपुरुष स्व गिरीजाप्रसाद कोईरालाको ९८औं जन्मजयन्ती एवं श्रद्धांजली समारोह एक विशेष कार्यक्रम गरी वहाँको ऐतीहासीक व्यक्तित्वलाई स्मरण गर्दै मनाइएको छ ।

फाउण्डेशन अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमीरेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा फाउन्डेशन उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायत विशेष आमन्त्रित सदस्य एवं समाजसेवी महानुभावहरू क्रमशस् पुर्व ने वि संघ महामन्त्री डा। यादव पंडीत, हालै सम्पन्न एनआरएन अमेरीका चुनावका प्रमुख आयुक्त विश्व वराल, युवा नेताहरू विनोद सुवेदि, ज्ञानल थापा, अर्जुन सिग्देल,गोविन्द सुवेदी,रामजी मरासिनी, विष्णु गौतम, चिरंजीवी गौतम, रामहरी अधिकारी, टक रूवाली,एनआरएन न्युयोर्क च्याप्टरमा नवनिर्वाचित अध्यक्ष आंग छिरिंग शेर्पा, पुर्व एनआरएन ए आई सिसि सदस्य आंग निमा ग्याल्जे शेर्पा, एनआरएन न्युयोर्क च्याप्टर बोर्ड सदस्य छिरिंग शेर्पा र पत्रकार मुकुन्द सुवेदी लगायतको उपस्थिति रहेको थियो।

स्व गिरिजावावुको स्मृतीमा १ मिनेट मौनधारण गरी आरम्भ गरीएको सो कार्यक्रममा वोल्दै नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री एवं युवा नेता डा। यादव पंडितले गिरीजावावुसँग मृत्युपर्यन्त अन्तिम समयसम्म आफुले उठवस गर्दाको अनुभूति एवं वहाँजस्तो साहसी र राष्ट्रभक्त युगपुरुषको अभाव अहिले पार्टीले महशुस गरीरहेको र आगामी दिनहरूमा उनले देखाएको सहमती,सहकार्य र एकताको मार्गवाट नै पार्टी र राष्ट्रको हित हुने कुरामा जोड दिएका छन् । यसैगरी हालै सम्पन्न एनआरएन निर्वाचनमा आईसिसी मेम्वरमा निर्वाचित सदस्य गोविन्द सुवेदीले गिरिजावावुले आफ्नो जीवनकालभर राणा,पंच र दरवारसँग लडी यी तीनै शक्तीलाई ठेगान लगाएको र अन्त्यमा देशलाई द्वन्द्ववाट निकास दिई शान्ती कायम गर्न सफल नेताको रूपमा चित्रण गरेका छन् ।
एनआरएन प्रमुख निर्वाचन आयुक्त तथा युवा नेता विश्व वरालले गिरिजावावुले देशलाई द्वन्दवाट निकाश दिएकाृ र उनले एक प्रष्ट भिजन भएको,जे वोल्यो,त्यो गर्ने नेताको रूपमा जनजनको ह्रदयमा वस्न सफल हुनुभएको धारणा राखेका छन् ।

एनआरएन न्युयोर्क च्याप्टरका नवनिर्वाचित अध्यक्ष आंग छिरीगं शेर्पाले आफु विद्यार्थीकालदेखी नै गिरिजावावुको प्रेरणाबाट प्रभावित भएको र बुधबार देशले उनिजस्तो राजनेताको अभाव महशुस गरेको धारणा राखेका छन् ।

युवानेता अर्जुन सिग्देलले गिरिजावावुको विरोध गर्नेहरूनै अन्त्यमा आएर उनको व्यवहारवाट प्रभावित भै उनको प्रशंसक भएको र आगामी दिनमा उनले देखाएको मार्गमा देशलाई डोर्याउनुनै उनिप्रती सच्चा श्रद्धांजली हुने कुरामा दुईमत छैन भन्ने धारणा राखेका छन् ।

लामो समय सम्म गिरिजावावुसँग पारीवारीक र राजनीतिक सम्बन्धमा रहेको स्मरण सुनाउँदै अर्का युवा नेता रामजी मरासिनीले वहाँ सादा जीवन र उच्च विचारका धनी, जनताको आवाजलाई सधैं प्राथमिकता दिने महान नेता हुनुहुन्थ्यो भनी वहाँप्रती श्रद्धांजली अर्पण गरेका छन् ।
युवा नेता ज्ञानल थापाले आज पार्टी र यस्का भातृसंस्था लथालिंग भैरहेको अवस्थामा गिरीजावावुको सत्मार्गको विकल्प नरहेको र वहाँजस्तो कर्मठ र निडर राजनेताको देशलाई खाँचो भएको कुरामा जोड दिएका छन् युवानेता टक रूवालीले आज मुलुक चौतर्फी रूपमा अस्तव्यस्त भएको अवस्थामा गिरिजा वावुकोजस्तो क्षमतावान र कुशल संगठनकर्ताको ठुलो खाँचों भएको र त्यस्तो नेतृत्व उव्जाउन लाग्नुपर्ने धारणा राखेका छन् ।

पत्रकार मुकुन्द सुवेदीले दुरदर्शी गिरिजावावुको कारणले २३७ वर्ष पुरानो राजसंस्था समेत विना रक्तपात कुटनैतीक ढंगले अन्त्य भएको तर वहाँको शेषपछी नेताहरूमा त्यस्तो शाहसीक क्षमता कमी भएको प्रतीप्रश्न गरेका छन् ।

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले अहिले सहमति,सहकार्य र एकता पालन गराई देशलाई सही मार्गदर्शन दिनसक्नु नै उपनप्रति सच्चा श्रद्धांजली हुनेमा जोड दिएका छन् । फाउन्डेशनका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले वहाँ अहिले विश्वले मान्ने नेता हुनुमा उनको सत्कर्म नै हो भनी श्रद्धांजली व्यक्त गर्नुभयो ।त्यसैगरी फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले आगन्तुक महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै गिरिजावावु कर्मशील एवं कुशल संगठक र राष्ट्रभक्त राजनेता भएको र आफु वहाँको मार्गमा लागीरहने र सवै नेपालीजनलाई पनी सोही पथमा हिंडन भनि प्रेरीत गर्ने बताएका छन् ।

अन्त्यमा सभा विसर्जन गर्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले उनको जीवन एक खुल्ला पाना भएको र आफुले लामो समयसम्म उनको साथ र संगतमा रहँदा सदा एक निडर राजनेताको रूपमा पाएको र उनले भनेजस्तै वोलीलाई व्यवहारमा उतारी देश र देशवासीका समस्यासँग जुधी विकासको पथमा लम्कनु नै उनको सपना साकार पार्नु र वहाँप्रती सच्चा श्रद्धांजली हुने विचार व्यक्त गर्दै आफुलाई उनको पथमा लागीपर्ने ईमान्दार सिपाहीको रूपमा चित्रण गरेका छन् र आजैका दिन गिरीजा वावुको जन्मदिन परेको र उनकै नाममा स्थापित फाउण्डेशन अमेरिका च्यााप्टर कार्यालयमा जन्मदिन मनाउॅंन पाउंदा प्रसन्न भएको र सबै महानुभावहरूको उपस्थितिका लागी हार्दिक धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् ।