देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताको आवाज सुनेर अघि बढ्न विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपतिको आग्रह

देशान्तर

चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलका शीर्ष नेताहरुको बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै राष्ट्रपति सीले सामूहिक मुद्दामा सबै मुलुक मिलेर अघि बढनुपर्ने बताएका हुन् ।

उनले जनताको आवाज सुनेर अघि बढ्न विश्वका नेताहरुलाई आग्रह समेत गरेका छन् । उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

राष्ट्रपति सीले शान्ति, न्याय र स्वतन्त्रतासहितको मानवीय मूल्य निर्माण हुनुपर्ने बताउँदै चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिएको बताए ।

उनले चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै सहभागिताका लागि सबै मुलुकलाई आह्वानसमेत गरे । भर्चुअल बैठकमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए ।