देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइजेरियामा १४० विद्यार्थी अपहरण

देशान्तर

अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीको समूहले १४० विद्यार्थीको अपहरण गरेको छ ।

अज्ञात बन्दुकधारीको समुहले उत्तर पश्चिम नाइजेरियाको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको हो ।

बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ स्वास्थ्यकर्मीको पनि अपहरण गरेका छन् ।

विद्यालयमा मोटरसाइकलमा प्रवेश गरेका उनीहरुले गोली प्रहार गर्दै विद्यार्थीहरुको अपहरण गरेका हुन् । लगत्तै उनीहरुले कुष्ठरोग केन्द्रमा प्रवेश गरी नर्स र कर्मचारीलाई समेत अपहरण गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अपहरणमा परेका २६ शिक्षिकालाई रिहा गरिएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।