देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४५ को मृत्यु ४० को उद्दार

देशान्तर

दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् ।

दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता रहेको बताइएको छ ।

देशका दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

मृतकमध्ये अधिकांश सैनिक रहेका छन् ।

सो विमानमा सवार सैनिकलाई दक्षिणी फिलिपिन्समा रहेका विद्रोही समूह अबु सयाफ समूहविरुद्ध कारवाहीका लागि पठाइएको थियो ।