देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा भारी वर्षासँगै बाढी र पहिरो : दुईजनाको मृत्यु, २० बेपत्ता

देशान्तर

काठमाडौं– मध्य जापानको शिजुओका प्रान्तको अतामी शहरमा बाढीसँगै गएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ। घटनामा अन्य २० जना बेपत्ता भएका छन्।

अविरल वर्षाका कारण शनिबार बिहान साढे १० बजे पहिरो गएको एनएचकेले उल्लेख गरेको छ। उक्त शहरका बाढी र पहिरोको कारण कयौं घरहरु नष्ट भएको र पुरिएको समाचारमा उल्लेख छ।

केही दिनयतादेखिको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आपत्कालिन टास्क फोर्ज परिचालन गरिएको छ।

जापानी प्रधानमन्त्री योशिहिदा सुगाले प्रकोप मन्त्री यासुफुमी तानाहाशीसँग पहिरो र अन्य वर्षासँग सम्बन्धित विपत्तिबारे छलफल गरेका छन्। उनले उद्धार तथा राहातमा तीव्रता दिन आग्रह गरेका छन्।

जापान मौसम विभागले मध्य र पूर्वी जापानको प्रशान्त तटमा भारी वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मुसलधारे वर्षाका कारण जापानमा सार्वजनिक यातायात सञ्चालनमा पनि अवरोध पुगेको छ। जापान रेलवे कम्पनीका अनुसार शिन्कानसेन बुलेट ट्रेनलाई अस्थायी रूपमा टोकियो र ओसाका बीचको सेक्सनमा रोकिएको छ।