देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

देशान्तर

काठमाडौँ – कोभिड-१९ को विश्वव्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड-९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र विश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक कार्यका निर्देशक लेखक एरिका एच. सिरिनले बताइन् ।

एरिकाले थपिन्, ‘हाम्रो अध्ययनका क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन् । विद्यार्थीको पीडा कम गर्न चिकित्सकहरूले कलेजका विद्यार्थीहरूलाई आफ्नो आम्दानीबाट आवश्यक सहयोग गर्ने पहल गरेका थिए ।

क्लिनिकल सामाजिक कार्यकर्ता र शोक विशेषज्ञ सिरिनले फ्लोरिडाको लेकल्याण्डको साउथ ईस्टर्न विश्वविद्यालयमा कलेज अफ बिहेभैरल एण्ड सोशल साइंसेजको डीनको रूपमा सेवा गर्ने क्रममा यस अनुसन्धानको नेतृत्व गरेकी थिइन् ।