देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप २८९२ जनामा कोरोना संक्रमण, ३५९७ जना संक्रमणमुक्त

देशान्तर

 

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर परीक्षणबाट १ हजार ८८९ जना र ४ हजार ३८१ एन्टिजेन परीक्षणबाट १ हजार ३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ। गत २४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्।