देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खनाल, नेपालसहित ११ नेतामाथिको कारबाही निस्क्रिय

देशान्तर

 

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत ११ जनालाई पार्टीमा गरिएको कारबाही निस्क्रिय भएको छ ।

बुधबार बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरणलगायत निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

महाधिवेशन आयोजक कमिटी भंग भएसँगै त्यसले गरेको कारबाही निष्प्रभावी भएको हो । यसअघि, खनाल, नेपाललगायत ११ नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको थियो ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ ।