देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिरोले भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध

देशान्तर

काठमाडौँ – आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो ।

सडक अवरुद्धका कारण भीमफेदी-कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ ।