देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुपन्देहीमा भएको दुर्घटनामा त्रिविका सहप्राध्यापक भण्डारीको निधन

देशान्तर

रुपन्देही – रुपन्देहीमा भएको दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको ज्यान गएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बा १७ च ६०६६ नम्बरको कार हिजो बेलुका देबदह १० चरङ्गेमा दुर्घटना हुँदा गुल्मीको छत्रकोट गाउँपालिका घर भएका भण्डारीको ज्यान गएको हो ।

स्थानीय मुडाबासमा रहेको कल्भटमा कार ठोक्किएपछि दुर्घटना भएको हो । भण्डारीले चलाएको कारमा रहेका अर्का एक जना घाइते भएका छन् । कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ शंकर भण्डारी त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पनि थिए ।