देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले प्रचण्डपथ अँगालेको ओलीको आरोप

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मैं बन्छु अर्को ठाउँमा भने ।’

यो अभिव्यक्ति हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति भएको ओलीको भनाइ छ । हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिंदा पनि न्यायाधीशहरुले रोक्न नसकेको उनले बताए ।

ओलीले भने, ‘आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाइएन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर के न्यायमूर्तिहरुले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र रु’