देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रद्वारा प्रदेशसभा बैठक स्थगित

देशान्तर

विराटनगर – प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले संसदमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै सोमबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो।

मन्त्री गुरुङले आइतबारको बैठकमा माओवादी केन्द्रका सांसद मोहन खड्कालाई ‘तपाई भिजन भएको नेता होइन’ भनेका थिए। माओवादी केन्द्रले मन्त्रीले आत्माआलोचनासहित माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसदको अभिलेखालयबाट हटाउन माग गरेको छ।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार १५ गते मंगलंबारसम्म स्थगित गरेका छन्।