देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद विघटनविरुद्ध विद्यार्थी संगठनहरुले देशभर प्रदर्शन गर्ने

देशान्तर

काठमाडौँ – संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएका छन्।

सोमबार बसेको नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँ को संयुक्त बैठकले असार १६ गते सबै जिल्ला तथा १७ गते काठमाडौँ उपत्यकामा पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो।

यस्तै विश्वविद्यालय देखिएका शैक्षिक समस्याका बारे असार १५ गते त्रि।वि। उपकुलपति समक्ष र राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष समक्ष ज्ञापनपत्रसहित संयुक्त डेलिगसन जाने निर्णय पनि बैठकले गरेको छ।

लकडाउन अवधिको सम्पूर्ण शुल्क राज्यले बहन गरि विद्यार्थीलाई शुल्क नथोपर्न माग पनि गरेको छ । मनपरि शुल्क थोपरिएमा निजी शैक्षिकसंस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरि शिक्षामन्त्रीबाट संविधान र कानूनलाई चुनौति दिने गरि गरिएको हर्कतको विरोध गर्दै दलित आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछौँ।’