देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक यातायात संंचालन गर्ने निर्णय संगै किराना र खाद्यान्न पसल दिनभर खुल्ने

देशान्तर

काठमाडौं – मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् ।

यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको हो ।निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।